काठमाण्डु- त्रिभुवन राजपथअन्तर्गत नागढुंगा–नौबिसे सडक १६ दिन आंशिक रूपमा बन्द हुने भएको छ।नागढुंगा-मुग्लिन सडक योजना (पूर्वी खण्ड) ले नागढुंगा-नौबिसे खण्डको नागढुंगा– पिप्लामोड १.८ किलोमिटर सडक निर्माण सुधार गर्नुपर्ने भएकाले जेठ १० गते शनिबारदेखि जेठ २५ गतेसम्म बन्द रहने जनाएको छ । यो सडक बिहान साढे १० बजेदेखि दिउँसो ३ बजेसम्म बन्द रहने छ । उक्त…