काठमाण्डु - जेनजी पुस्ताले सोमबार काठमाण्डुको माइतीघरमा प्रदर्शन गर्दैछन् । सोमबार बिहान ९ बजेदेखि जेनजी पुस्ताले प्रदर्शन गर्न लागेका हुन् । प्रदर्शनका लागि जिल्ला प्रशासन कार्यालय काठमाण्डुबाट युवाहरूले अनुमति पनि पाएका छन् । जिल्ला प्रशासन कार्यालय काठमाण्डुले उनीहरुलाई निषेधित क्षेत्रमा प्रवेश नगर्ने गरी प्रदर्शन गर्न अनुमति दिएको जनाएको छ । जेनजी पुस्ता भनेको सन् १९९७…