नाउपाका चौधरी सुदूरपश्चिमको पर्यटनमन्त्री नियुक्त

काठमाण्डु– सुदूरपश्चिम प्रदेशको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रीमा नागरिक उन्मुक्ति पार्टी (नाउपा) का सांसद रामेश्वर चौधरी नियुक्त भएका छन् । यसअघिका मन्त्री लक्ष्मणकिशोर चौधरीले राजीनामा दिएपछि उनलाई मन्त्री नियुक्त गरिएको हो। उनको आजै साँझ ५ बजे शपथ कार्यक्रम तय भएको छ ।