यो वर्ष निजामती कर्मचारीको अवकाश उमेर ५८ वर्ष नै रहने

काठमाण्डु– सरकार निजामती कर्मचारीको अवकाश उमेर ५९ वर्षमा राख्ने अडानबाट पछि हटेको छ। राष्ट्रिय सभा अन्तर्गत विधायन व्यवस्थापन समितिले मङ्गलवार बिहान गरेको बैठकमा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले प्रतिनिधि सभाबाट पारित भएको प्रतिवेदनलाई सदर गर्न सरकार तयार भएको जानकारी गराइन्। न्यौपानेले समितिलाई जानकारी दिँदै भनिन् विगतमा सहमति भएको अनुसार विधेयक पारित भएको वर्षमा…