काठमाण्डु – वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा–आराधना गरी शनिबार परम्परागत रूपमा इन्द्रजात्रा पर्व मनाइँदैछ । हरेक वर्ष भदौ शुक्ल चतुर्ददशीका दिन पर्ने यो पर्व काठमाण्डौ, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखालगायतका ठाउँमा मनाइन्छ । भदौ शुक्ल द्वादशीका दिन हनुमानढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको लिङ्गो ठड्याइएपछि शुरू हुने यो जात्रा विभिन्न प्रकारका नाचगान, रथयात्रा र देवीदेवताको…