फागुन १ लाई ‘जनक्रान्ति दिवस’को रूपमा मनाउन बाबुरामको प्रस्ताव

काठमाण्डु-नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष डा. बाबुराम भट्टराईले फागुन १ गतेलाई जनक्रान्ति दिवसको रूपमा मनाउन प्रस्ताव गरेका छन् । ‘जनयुद्ध दिवस’ का विषयमा जारी विवादबीच फेसबुकमा स्टाटस लेख्दै डा.भट्टराईले आफ्नो मत अघि सारेका हुन् । ‘फागुन १ गते । नेपालको युगान्तकारी जनविद्रोह (जनयुद्ध) शुरू भएको दिन । संघीय लोकतान्त्रिक गणतन्त्रको वास्तविक जग खन्न शुरू…