काठमाण्डु – नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीको उपस्थितिमा बिहीबार प्रहरी प्रधान कार्यालयमा बसेको नीति निर्माण समितिको बैठकले ‘आकस्मिक सहुलियत अल्पकालीन कर्जा’ प्रवाह गर्ने निर्णय गरेको छ । नेपाल प्रहरीमा कार्यरत प्रहरी कार्यालय सहयोगीदेखि प्रहरी वरिष्ठ नायव निरीक्षकसम्मका प्रहरी कर्मचारी र तिनका आश्रित परिवारहरूलाई आकस्मिक अवस्था (स्वास्थ्य, शिक्षा, घरायसी समस्या लगायत) मा तत्कालको आवश्यकता…