काठमाण्डु – पाकिस्तानी भूमि प्रयोग गरेर भएको पहलगाम आतंककारी हमलापछि भारत–पाकिस्तानबीच तनाव चर्किंदा नेपालमा उच्च सतर्कता अपनाइएको छ । नेपाली भूमि प्रयोग भएर एकअर्का देशविरुद्ध हुनसक्ने गतिविधिप्रति सचेत हुँदै सरकारले उच्च सतर्कता अपनाउन सुरक्षा निकायलाई निर्देशन दिएको छ । भारतले आतंककारीका आश्रयस्थल भन्दै पाकिस्तानी भूमिका दर्जनौं स्थानमा मंगलबार राति आक्रमण गरेको छ, जसलाई ‘अपरेसन सिन्दूर’…