काठमाण्डु - रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकाका प्रमुख ७२ वर्षीय सजरुद्दिन मुसलमानको निधन भएको छ। परिवारका अनुसार लामो समयदेखि मुटु रोगबाट पीडित मुसलमान हृदयाघातका कारण शनिबार उनकै निवासमा निधन भएको हो । सजरुद्दिन नेपाली कांग्रेसका तर्फबाट लुम्बिनी सांस्कृतिक नगरपालिकाको मेयरमा निर्वाचित भएका थिए।