सरकारलाई सांसद केसीको प्रश्न– विपिन जोशीकाे अवस्था बारे संसदलाई किन जानकारी नगराएको ?

काठमाण्डु– राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्यालेस्टिनी समूह हमासको कव्जामा रहेका विपिन जोशी बारे संसद्लाई जानकारी गराउन सरकारसँग माग गरेका छन्। मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले जोशीको रिहाइका लागि भइरहेको पहल बारे जानकारी गराउन माग गरेका हुन्। उनले बाहिर जोशी जीवितै रहेको सुनिने गरे पनि सरकारले औपचारिक जानकारी नदिएको बताए। उनले भने ‘इजरायल र हमासको…