डुंगा चढेर कमला नदीको अवलोकन गर्दै मन्त्री घिसिङले भने- जुनसुकै हालतमा पुल बन्नु पर्छ

काठमाण्डु- ऊर्जा, भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री कुलमान घिसिङले सिरहा र धनुषा जोड्ने कमला पुल जुनसुकै हालतमा बन्नुपर्ने बताएका छन् । कमला पुलको निरीक्षण गर्न आएका मन्त्री घिसिङले जनकपुरधाममा सञ्चारकर्मीहरुसंग कुरा गर्दै कमला पुल निर्माण हुनुनै पर्नेमा जोड दिए । उनले आज पुल निरीक्षण गरेर पुलको वास्तवीक अवस्था बुझेर थप गर्नुपर्ने काम अगाडि बढाउने जानकारी…