काठमाण्डु - नजरबाट कोही पस्यो दिल उघारी चुमी यी अधरमा बस्यो दिल उघारी गजलकार देवेन्द्र केसी देवुुका यी प्रेमिल शब्दमा विश्व कीर्तिमानी सङ्गीतकार एवं गायक सन्तोष श्रेष्ठ गुञ्जिँदा बुधबार सर्वनाम थिएटर मुग्ध बन्यो । लगत्तै ‘बोकेर फूलपाती स्यूँदोभरी सजाई, को धाउँदै छ दिलमा छम्छम् चुरा बजाई’ गाउँदा ताली र वाह वाहको वर्षा भइरहेको थियो ।…