सूचना प्रविधिको विकास गर्न सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक : अध्यक्ष ढकाल

काठमाण्डु – नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सूचना प्रविधि क्षेत्रको विकासका सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको बताएका छन् । बिहीबार काठमाण्डुको भृकुटीमण्डपमा सुरु भएको बृहत् सूचना तथा सञ्चार प्रविधि प्रदर्शनी ‘क्यान इन्फोटेक’को ३०औं संस्करणको उद्घाटन कार्यक्रममा बोल्दै उनले सरकार र निजी क्षेत्रको सहकार्यले मात्र आईटी हबको लक्ष्य हासिल गर्न सकिने बताए…