काठमाण्डु- इजरायलको तेल अवीवस्थित ‘होस्टेज स्क्वायर’ मा आइतवार राति हजारौं नागरिकले गाजामा जारी युद्ध अन्त्य गर्न र हमासद्वारा बन्धक बनाइएका व्यक्तिहरूको रिहाइको माग गर्दै प्रदर्शन गरेका छन् । प्रदर्शनकारीहरूले इजरायली सरकारसँग तुरुन्तै युद्ध अन्त्य गर्दै हमाससँग सम्झौता गरी बाँकी रहेका बन्धकहरूको सुरक्षाका लागि कदम चाल्न आग्रह गरेका छन् । उनीहरूले गाजा सहरमा नियन्त्रण जमाउने सरकारी…