सुदर्शन खड्का बने कोशी प्रदेश सभाको सचिव, ९ महिनाको रिक्तता अन्त्य

विराटनगर – करीब ९ महिनादेखि नेतृत्वविहीन रहेको कोशी प्रदेशसभाले अन्तत: नयाँ सचिव पाएको छ । संघीय संसद् सचिवालयका पूर्वसचिव सुदर्शन खड्का प्रदेशसभाका सचिवमा नियुक्त भएका छन् । सभामुख अम्बरबहादुर विष्टको सिफारिसमा प्रदेश प्रमुख परशुराम खापुङले खड्कालाई सचिवमा नियुक्त गरेका हुन् । बुधबार दिउँसो उनले प्रदेशसभाको कटहरीस्थित नयाँ कार्यालयमा सभामुख विष्टसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण…