कानून बनाउन ६ वर्ष लाग्छ, जनतालाई सहज सेवा दिन अध्यादेश ल्यायौं : प्रवक्ता गुरुङ

काठमाण्डु – सरकारका प्रवक्ता, सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारले रहरले नभई आवश्यकताले अध्यादेश ल्याएको स्पष्ट पारेका छन् । नेपाल मगर संघले मंगलबार काठमाण्डुको टुँडीखेलमा आयोजना गरेको माघे संक्रान्ति पर्वको उद्घाटन गर्दै उनले जनतालाई छिटोछरितो सेवा प्रदान गर्न अध्यादेश जरूरी रहेको बताए । उनले नेपालमा विकासका काममा अवरोध सिर्जना गर्ने थुप्रै जटिल कानूनी प्रक्रिया…