काठमाण्डु- पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा जङ्गी अड्डामा आज आयोजित विशेष समारोहमा प्रधान सेनापति अशोक राज सिग्देलले राष्ट्र निर्माता पृथ्वीनारायण शाहको सालिकमा पुष्पहार अर्पण गरे । सो अवसरमा शाहको सालिकमा सलामी अर्पण गर्नुका साथै रथीवृन्द, अधिकृत तथा सकलदर्जाबाट पुष्पगुच्छा अर्पण गरिएको थियो । पौष २१ गते गोरखा दरबारबाट राष्ट्रिय झण्डा तथा नेपाली सेनाका आरम्भकालीन…