काठमाण्डु- पाकिस्तान र यूएईमा अर्को महिना हुने च्याम्पियन्स ट्रफीका लागि न्युजिल्यान्डको टोली घोषणा भएको छ । न्युजिल्याण्ड क्रिकेट बोर्डले मिचेल स्यान्टनरको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको हो । टोलीमा तीव्र गतिका बलर लोकी फर्गुसन र बेन सियर्सले पुनरागमन गरेका छन् । सियर्स, विल ओरोर्के र नाथन स्मिथलाई आईसीसीको प्रतियोगिताका लागि पहिलो पटक छनोट गरिएको…