भेरी–बबई आयोजनाको काम छिटो सक्नुपर्‍यो : गृहमन्त्री अर्याल

सुर्खेत – गृहमन्त्री ओमप्रकाश अर्यालले भेरीगंगा नगरपालिका–११ मा निर्माणाधीन प्रक्रियामा रहेको भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको मंगलवार स्थलगत अवलोकन गरेका छन् । कर्णाली प्रदेशस्तरीय सुरक्षा गोष्ठीको पूर्वसन्ध्यामा मंगलबार सुर्खेतको वीरेन्द्रनगर आइपुगेका गृहमन्त्री अर्यालले आयोजना स्थलमा पुगेर आयोजनाको समग्र भौतिक र वित्तीय प्रगति तथा आयोजनाले झेल्नुपरेका प्राविधिक र प्रशासनिक अप्ठ्यारोबारे जानकारी लिएका छन् । निरीक्षणका क्रममा मन्त्री…