कटहरिया नगरपालिकाका कर्मचारी पुन: आन्दोलित

रौतहट – रौतहटको कटहरिया नगरपालिकामा रहेका कर्मचारीहरू पुन: आन्दोलित भएका छन् । नगरपालिकामा कार्यरत करार र ज्यालादारीका कर्मचारीहरूले लामो समयदेखि तलबभत्ता नपाएको भन्दै बुधबारदेखि कार्यालयमा तालाबन्दी गरेका हुन् । दिपावली तथा छठ पर्व अगावै भुक्तानी गर्ने भनिएको भए पनि रकम अझै नआएकाले आन्दोलित हुनुपरेको उनीहरूको भनाइ छ । नगरपालिकाका वडा नम्बर १ देखि ९ सम्मका…