मन्त्रिपरिषद् बैठकले गरेका २० निर्णय सार्वजनिक (सूचीसहित)

काठमाण्डु – सरकारले मंगलबारको मन्त्रिपरिषद् बैठकले गरेका २० निर्णय सार्वजनिक गरेको छ । मंगलबारको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रत्येक वर्ष माघ १४ गते सम्पत्ति शुद्धीकरण निवारण राष्ट्रिय दिवस मनाउने जानकारी दिए । बैठकले महान्यायाधिवक्ता कार्यालय र अन्तर्गतको संगठन तथा व्यवस्थापन सर्वेक्षण गर्न पूर्वस्वीकृति प्रदान गरेको छ…