छलफल गरेकै आधारमा कांग्रेस पार्टीबाट छाडेर जानुपर्दैन : महामन्त्री थापा

काठमाण्डु – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अरू पार्टीमा जस्तो छलफल गरेकै आधारमा कांग्रेस पार्टीबाट छाडेर जानु नपर्ने बताएका छन् । मकवानपुरमा मंगलबार भएको कार्यक्रममा थापाले भने, ‘हाम्रो पार्टीभित्र बहस हुन्छ । अरू पार्टीमा जस्तो छलफल गरेकै आधारमा पार्टीबाट छाडेर पनि जानुपर्दैन तर फराकिलो उद्देश्यसहित हामी अघि बढ्नुपर्छ, महाधिवेशन र चुनावकै कुरा मात्र गर्न हुन्न…