काठमाण्डु- हरेक वर्ष चैत्र शुक्ल अष्टमीमा पर्ने चैते दसैँ शनिबार नेपालीले घरघरमा नव दुर्गा भगवतीको पूजा र आराधना गरेर मनाउँदै छन्। वर्षमा चार नवरात्र हुन्छन्। आषाढ र पौष शुक्ल पक्षका नवरात्र खासै प्रचलित छैनन्। तर, केही साधकले यी नवरात्रमा पनि शक्ति स्वरूपा देवीको आराधना गर्छन्। आश्विन शुक्ल पक्षको नवरात्रमा प्रतिपदादेखि घटस्थापना गरेर जमरा राखिन्छ। त्यसैले…