बारा – जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका–१ घर भएका राजकुमार रूम्बाको हत्या भएको घटनामा संलग्न रहेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा जितपुर सिमरा उपमहानगरपालिका–१९ घर भएका २७ वर्षीय पुरूषोत्तम कुमार दास, २० वर्षीय ईन्द्रजित कुमार चौहान र महोत्तरी जलेश्वर नगरपालिका–३ घर भएका श्रीकान्त तिवारी छन् । जितपुर सिमरा उपमहानगरपालिका–११ स्थित बकुलियादेखि…