भोलि र पर्सि यी प्रदेशमा पानी पर्ने, झनै चिसो बढ्ने

काठमाण्डु– शुक्रबार साँझदेखि अर्को पानी पार्ने प्रणाली भित्रने भएको छ । बिहीबार विशेष बुलेटिन जारी गर्दै जल तथा मौसम विज्ञान विभागले पश्चिमी न्यूनचापीय प्रणालीको कारण शुक्रबारको साँझबाट नेपालको धेरै स्थानहरूमा आंशिकदेखि साधारणतया बदलीको सम्भावना रहेको बताएको हो। उक्त प्रणालीको प्रभावका कारण शुक्रबार अपराह्नदेखि शनिबारसम्म सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका अधिकांश स्थानहरूमा…