काठमाण्डु– अख्यितार दुरुपयोग अनुसन्धान आयोगले स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकाका तत्कालीन अध्यक्ष दीर्घनारायण अर्यालसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले मंगलबार उनीहरुविरुद्ध आर्थिक वर्ष २०७५–७६ र २०७६–७७ मा गुणस्तरहिन ढलान गरेर भ्रष्टाचार गरेको भन्दै मुद्दा दायर गरेको हो । आयोगले तत्कालीन प्रमुख प्रशासकीय अधिकृत पुुरण गुरुङ, तत्कालीन इन्जिनियर नवीन थापा, उपभोक्ता व्यवस्थापन समितिका अध्यक्ष…