काठमाण्डु – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले शिक्षा क्षेत्र समस्याग्रस्त भएकाले कानून निर्माण आवश्यक रहेको बताएकी छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयद्वारा आईतबार आयोजित ‘संघीय संरचनामा शिक्षा व्यवस्थापन’ विषयक छलफल एवं सुझाव संकलन कार्यक्रममा मन्त्री भट्टराईले संघीय शिक्षा ऐन चाँडै ल्याइने बताइन् । संघीय शिक्षा ऐन संसदीय समितिमा छलफल प्रक्रियामा समेत अघि बढिसकेकाले…