जेनजी अगुवासँग नजिकिन खोज्दै पूर्वप्रधानमन्त्री ओली, एक्लाएक्लै टेलिफोन संवाद

काठमाण्डु – जेनजी आन्दोलनपछि सत्ता गुमाएका नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जेनजी अभियन्तासँग नजिकिन खोजेका छन् । सार्वजनिक कार्यक्रममा जेनजी आन्दोलनपछिको परिस्थितिबारे आक्रामक अभिव्यक्ति दिइरहेका ओलीले भित्रभित्रै जेनजी अगुवालाई एक्लाएक्लै टेलिफोन गरेर संवाद अगाडि बढाएका छन् । शुक्रबार ओलीले फोन गरेर स्पष्टीकरण दिन खोजेको एक अभियन्तालाई नाम नखुलाउने शर्तमा जानकारी दिए ।…