सर्वोच्चका पूर्वन्यायाधीश वस्तीको निधन

काठमाण्डु-सर्वोच्च अदालतका पूर्वन्यायाधीश प्रकाश वस्तीको निधन भएको छ। काठमाडौँको नयाँबजारस्थित आफ्नै निवासमा गएराति हृदयाघातका कारण गएराति उनको निधन भएको हो। हृदयघातपछि उनलाई थापाथलीस्थित नर्भीक अस्पतालमा लगिएको थियो, लानेबित्तिक चिकित्सकले मृत घोषणा गरेको पारिवारिक स्रोतले जनायो । ७१ वर्षीय पूर्वन्यायाधीश वस्तीका श्रीमती, ३ छोरी र १ छोरा छन्। छोराछोरीचाहिँ अमेरिका बस्छन्।  पूर्वन्यायाधीश वस्ती २०१० सालमा गोरखाको खोप्लाङमा जन्मिएका…