वीरगञ्जमा नि:शुल्क धारा जडान र धरौटी शुल्कमा छुट

वीरगञ्ज – खानेपानी मन्त्रालय अन्तर्गतको नेपाल खानेपानी संस्थान र वीरगञ्ज महानगरपालिकाबीच वीरगञ्जमा खानेपानी सेवा विस्तारका लागि एक महत्वपूर्ण समझदारी पत्रमा हस्ताक्षर भएको छ । खानेपानीमन्त्री प्रदीप यादवको विशेष उपस्थितिमा नेपाल खानेपानी संस्थानका तर्फबाट महाप्रबन्धक अर्जुनबाबु ढकाल तथा वीरगञ्ज महानगरपालिका तर्फबाट प्रमुख प्रशासकीय अधिकृत अरविन्द लाल कर्णले समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् । समझदारीअनुरूप अबदेखि नयाँ…