काठमाण्डु— संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले राजीनामा दिएका छन् । गुप्ताले मंगलबार विहान राजीनामा दिएका हुन् । घुस ‘डिल’ अडिओ प्रकरणमा मुछिएपछि चौतर्फी दबाब भएपछि उनले राजीनामा दिएका हुन् । केही दिनअघि मात्र भूमि आयोग कास्कीको अध्यक्ष नियुक्ति साथै कर्मचारीको सरुवाका लागि भन्दै बिचौलिया र मन्त्री गुप्ताबीच लाखौंको घुस डिलको अडिओ सार्वजनिक भएको थियो…