काठमाण्डु – सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछानेविरुद्ध जिल्ला अदालत कास्कीमा मुद्दा दर्ता भएको छ । लामिछानेविरुद्ध सहकारी ठगीसँगै संगठित अपराध र सम्पत्ती शुद्धीकरणमा मुद्दा दर्ता भएको हो । जिल्ला सरकारी वकिलको कार्यालयले साढे चार सय पेज लामो आरोपत्र र त्यससँग सम्बन्धित प्रमाण पेस गरेपछि अदालतमा मुद्दा दर्ता भएको हो…