सेनाले जडान गरेको बेलीवृजको प्रधानमन्त्री ओलीद्वारा उद्घाटन

काठमाण्डु – कर्णाली प्रदेशको हुम्ला जिल्लालाई राष्ट्रिय सडक सञ्जालसँग जोड्नका लागि हिल्सा–सिमिकोट सडक खण्डको खार्पुनाथ गाउँपालिका–५ स्थित चुवा खोलामा नेपाली सेनाद्वारा जडान गरिएको बेलीवृजको आईतबार उद्घाटन गरिएको छ । आईतबार प्रधानमन्त्री केपी शर्मा ओलीले औपचारिक कार्यक्रमबीच उद्घाटन गरेका छन् । चैत्र १२ गतेबाट नेपाली सेनाको फौज पुल निर्माण स्थलमा खटिएर भौतिक निर्माणको कार्य शुभारम्भ भएको…