बार एशोसिएशनले प्रतिनिधि नपठाउँदा न्यायाधीश नियुक्त गर्न सकिएन : कानूनमन्त्री चौरसिया

काठमाण्डु – कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले नेपाल बार एशोसिएशनले प्रतिनिधि नपठाउँदा न्यायाधीश नियुक्ति गर्न नसकिएको बताएका छन् । शुक्रबार काठमाण्डुुमा नेपाल निजामती कर्मचारी युनियनको कार्यक्रममा बोल्दै उनले सर्वोच्च अदालतमा अझै ४ जना न्यायाधीशको नियुक्ति हुन बाँकी रहेको बताए । बारले प्रतिनिधि पठाउने बित्तिकै न्यायाधीश नियुक्ति हुने उनले बताए । सर्वोच्च अदालतमा ४…