काठमाण्डु-नेपाल ब्याडमिन्टन सङ्घको आयोजनामा काठमाण्डौमा अन्तर्राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । पुस ८ देखि १० गतेसम्म नेपाल इन्टरनेशनल च्यालेन्ज २०२४ आयोजना हुने सङ्घका कोषाध्यक्ष तिलक पाण्डेले जानकारी दिए । यो प्रतियोगिता सकिएको भोलिपल्टैदेखि नेपाल इन्टरनेशनल जुनियर प्रतियोगिता आयोजना हुनेछ । वर्ल्ड ब्याडमिन्टन र ब्याडमिन्टन एशियाको प्रायोजन र राष्ट्रिय खेलकुद परिषद् राखेपको सहयोगमा हुन लागेको…