माओवादीप्रति जनताको आकर्षण उपनिर्वाचनले प्रमाणित गर्‍यो : वरिष्ठ उपाध्यक्ष श्रेष्ठ

तनहुँ – नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले स्थानीय तह उपनिर्वाचनको परिणामले पार्टीमा जनताको आकर्षण रहेको प्रमाणित गरेको बताएका छन् । नेकपा माओवादी केन्द्र शुक्लागण्डकी नगर कमिटीको मंगलबार दुलेगौडामा आयोजित नगर सम्मेलनको उद्घाटन गर्दै वरिष्ठ उपाध्यक्ष श्रेष्ठले माओवादी सकियो भन्ने गलत भाष्य निर्माण गर्न खोजिएकोमा उपनिर्वाचनको परिणामले त्यसलाई गलत सावित गरिदिएको बताए । उनले…