चितवनविरुद्ध पोखरा ८७ रनले हार्‍यो

काठमाण्डु– नेपाल प्रिमियर लिग (एनपीएल) को पाँचौं खेलमा चितवन राइनोजले जित हात पारेको छ । चितवन राइनोजले पोखरा एभेन्जर्सलाई ८७ रनले हराएको हो । १६२ रनको लक्ष्य पछ्याएको पोखराले १२.४ ओभरमा सबै विकेट गुमाएर ७४ रन मात्र बनाउन सक्यो । पोखराका लागि नारायण जोशीले सर्वाधिक ३० र म्याट क्रिटलेले १७ रन बाहेक अरुले दोहोरो रन…