प्रतिनिधिसभा विघटन, फागुन २१ गते आम निर्वाचनको घोषणा

काठमाण्डु – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा प्रतिनिधिसभा विघटन गरेका छन् । गएराति अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त भएकी कार्कीले आफ्नो पहिलो निर्णयमा प्रतिनिधिसभा विघटन गर्न सिफारिस गरेकी हुन् । नवनियुक्त प्रधानमन्त्री कार्कीले गरेको विघटनको सिफारिस राष्ट्रपति पौडेलले सदर गर्दै आगामी फागुन २१ गते बिहीबारका दिन आम निर्वाचनको मिति घोषणा गरेका छन् ।…