काठमाण्डु - सरकारले शनिबारदेखि २० वर्षे वृक्षरोपण महाअभियानको शुरुआत गर्दैछ । ‘सगरमाथा वृक्षरोपण महाअभियान’ घोषणा गरेको सरकारले सन् २०४५ सम्म यो अभियानलाई निरन्तरता दिने छ । अन्तर्राष्ट्रिय वृक्षरोपण दिवसको अवसर पारेर शनिबारदेखि २० वर्षे महाअभियानको शुरुआत गर्न लागिएको वन तथा वातावरणमन्त्री ऐनबहादुर शाहीले जानकारी दिए । वृक्षरोपण महाअभियानको उद्घाटन ललितपुरको गोदावरीमा रहेको जिल्ला वन कार्यालय…