सिंहदरबार प्रदर्शनकारीको नियन्त्रणमा

काठमाण्डु – आन्दोलनरत जेनजी पुस्ताका प्रदर्शनकारीहरू मंगलबार साँझसम्म सिंहदरबार अगाडि प्रदर्शनरत छन् । मंगलबार दिउँसो सिंहदरबार प्रवेश गरेर अधिकांश मन्त्रालय र सरकारी कार्यालयमा आगजनी गरेका उनीहरू साँझसम्म सिंहदरबार गेट अगाडि प्रदर्शनमा छन् । प्रदर्शनकारीले सिंहदरबारको मुख्य भवनमा समेत आगजनी गरेका थिए । सिंहदरबारका ४ वटै गेटमा सुरक्षाकर्मी नभएको मौकामा उनीहरूभित्र छिरेका थिए । नेपालको प्रमुख…