काठमाण्डु – प्रहरीले सालकको खपटासहित २ जनालाई काठमाण्डुबाट पक्राउ गरेको छ । काठमाण्डु महानगरपालिका–१६ माछापोखरीबाट ७७० ग्राम तौलको सालकको खपटासहित २ जनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा खोटाङको दिप्रुङ चुईचुम्पा गाउँपालिका–२ घर भई काठमाण्डु महानगरपालिका–६ जोरपाटी बस्ने २९ वर्षीय उमेश तामाङ र सिन्धुली तीनपाटन गाउँपालिका–६ घर भई काठमाण्डुको तारकेश्वर नगरपालिका–७ संगम फाँट बस्ने…