काठमाण्डु - काठमाडौंको थापाथली चोक नजिकै मेलम्ची खानेपानी आयोजनाको पाइप फुटेको छ । थापाथली चोकबाट नर्भीक इन्टरनेसनल हस्पिटल आउने सडकमा पाइप फुटेको हो । पाइप फुटेर पानी जम्मा भएपछि सडक अवरुद्ध भएको छ । थापाथलीमा खानेपानीको पाइप फुट्यो अहिले पाइप फुटेको स्थानमा पानी वितरण बन्द गरिसकेको काठमाडौं उपत्यका खानेपानी वितरण केन्द्र लिमिटेडले जानकारी दिएको छ।…