कांग्रेसभित्र उठ्यो सरकारबाट बाहिरिँदै समर्थन फिर्ता लिनुपर्ने आवाज

काठमाण्डु – जेनजी पुस्ताले सोमबार काठमाण्डुमा परेको प्रदर्शनमा सरकारले दमन गरेपछि सत्तारुढ दल नेपाली कांग्रेसभित्र सरकारबाट बाहिरिनुपर्ने आवाज उठ्न थालेको छ । कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोइरालाले काठमाण्डुपाटीसँग कुरा गर्दै सरकारको औचित्य समाप्त भएको दाबी गरे । ‘जेनजीको आन्दोलनमा गोली चलाउनुपर्ने जरुरी थिएन,’ उनले भने, ‘सामाजिक सञ्जाल बन्द गरेर सरकारले धेरै युवाको रोजगारीमाथि प्रहार…