गाजामा युद्धविरामको पहिलो चरण सकियो, विपिन जोशीको अवस्था अझै अनिश्चित

काठमाण्डु-इजरायल र हमास लडाकू समूहबीच युद्धविरामको पहिलो चरण सकिएको छ। तर युद्धविराम सुरक्षित गर्ने अर्को चरणको वार्ता अझै अनिश्चित छ । २०२३ को अक्टोबर ७ तारिखमा हमासले इजरायलमाथि गरेको आक्रमणपछि शुरू भएको १५ महिनाभन्दा लामो युद्धपछि गएको जनवरी १९ तारिखमा युद्धविराम लागू भएको थियो । सुरूको ६ हप्ताको अवधिमा हमासले इजरायली जेलमा रहेका सयौँ प्यालेस्टिनी…