हमासको नियन्त्रणमा रहेका विपिनको बारे यथार्थ जानकारी प्राप्त हुन सकेन : परराष्ट्रमन्त्री

काठमाण्डु- परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले हमासको नियन्त्रणमा रहेका विपिन जोशीको अवस्थाबारे यथार्थ जानकारी प्राप्त हुन नसकेको बताएकी छन् । शुक्रबार संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को ५८ औँ उच्चस्तरीय सत्रमा भाग लिएर स्वदेश फर्किएकी राणाले विपिन जोशीको यथार्थ जानकारी प्राप्त हुन नसकेको बताएकी हुन् । त्रिभुवन बिमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री राणाले उनको रिहाइका लागि पहल…