स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरण : रम्तेललाई काठमाडौँ ल्याइयो, रवि र छबिलाई कहिले ?

काठमाण्डु – सहकारीको रकम अपचलन प्रकरणमा कारागार कार्यालय कास्कीमा थुनामा रहेका कुमार रम्तेललाई प्रहरीले काठमाडौँ ल्याएको छ । बचतकर्ताको रकम अपचलनमा संलग्न आरोपमा जिल्ला कारागार कास्कीमा थुनामा रहेका सूर्यदर्शन सहकारीको कोषाध्यक्ष रम्तेललाई कालिमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलनबारे अनुसन्धान गर्न काठमाडौँ ल्याएको जिल्ला प्रहरी परिसर काठमाडौँले जानकारी दिएको छ । रम्तेल स्वर्णलक्ष्मी सहकारीका पनि…