एमाले इलामको अध्यक्षमा बराल निर्वाचित

काठमाण्डु-एमाले इलामको अध्यक्षमा गणेशप्रसाद बराल निर्वाचित भएका छन् । पार्टीको ११औँ अधिवेशनबाट प्रतिस्पर्धी नरेन्द्रनाथ भट्टराईलाई १८६ मतान्तरले हराउँदै बराल अध्यक्षमा निर्वाचित भएका हुन् । बरालले ३८१ मत प्राप्त गर्दा भट्टराईले १९५ मत मात्र प्राप्त गरे । उपाध्यक्षमा २५० मतका साथ उदयबहादुर राई निर्वाचित भएका छन् । उनका प्रतिस्पर्धी उमेश गुरुङले १८४ र बुद्धिप्रसाद खनालले १३७…