रुपन्देहीमा लामिछानेको बयान सकियो, आज कास्की पठाइँदै

काठमाण्डु-रुपन्देही प्रहरीले रास्वपाका सभापति रवि लामिछानेसँग लिएको बयान सकिएपछि उनलाई आज कास्की पठाउँदै छ । लामिछानेसँग जिल्ला सरकारी वकिलको कार्यालय रुपन्देहीले बिहीबार बयान लिएर सकेपछि आज उनलाई जहाजबाट कास्की पठाउने तयारी गरिएको रुपन्देहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक रञ्जितसिंह राठौरले जानकारी दिए । मंगलबार रुपन्देही ल्याइएका लामिछानेसँग सोहिदिन, बुधबार र बिहीबार गरी करिब २३ घण्टा बयान…