काठमाण्डु– प्रतिनिधि सभाले पारित गरेको संघीय निजामती सेवा विधेयकमा राखिएको अतिरिक्त सचिवको व्यवस्था राष्ट्रिय सभाले खारेज गरेको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विधेयकमा राजपत्रांकित विशिष्ट श्रेणीमा तेह्रौँ र चौधौँ तह रहने प्रस्ताव गरेको थियो, तर प्रतिनिधि सभाले तेह्रौँ तहलाई अतिरिक्त सचिवको श्रेणीसहित राखेर विधेयक पारित गरेको थियो। यसअनुसार, तेह्रौँ तहमा अतिरिक्त सचिव, चौधौँ…