काठमाण्डु - अविरल वर्षाका कारण देशका प्रमुख नदीहरूमा जलस्तर बढ्ने सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाका अनुसार नदीहरुमा जलस्तर उल्लेख्य बढ्ने तथा केही नदीहरूमा आकस्मिक बाढीको सम्भावना रहेको छ । बिहीबार बिहानको मापन अनुसार कोशी, नारायणी, बागमती, कर्णाली, महाकाली र यीनका सहायक नदीहरू तथा कन्काई, कमला, पूर्वी राप्ती, पश्चिम…